गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ। कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगिमा श्रेष्ठ नियुक्त भएका छन्। बैठकले कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत गरेको छ।