• होमपेज
  • वाणिज्य बैंक
  • हिमालयन बैंकद्वारा रु. १० लाख मृत्यु दाबी भुक्तानी

हिमालयन बैंकद्वारा रु. १० लाख मृत्यु दाबी भुक्तानी

  • आइतवार, असार २४, २०८०
हिमालयन बैंकद्वारा रु. १० लाख मृत्यु दाबी भुक्तानी

हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ।

बैंककका खातावाला ईश्वर गुरागाईंको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजकी पत्नी पत्नी विमला गुरागाईंलाई उक्त रकम बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले हस्तान्तरण गरेका हुन्। कार्यक्रममा शाखाका अन्य कर्मचारीको पनि उपस्थिति थियो।

बैंकले उक्त खाता योजनामा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरुको दुर्घटना मृत्यु बीमा खरिद गरेको हो।

यस दुःखद् घडीमा उक्त रकमले मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंकक आशावादी छ।

हाल हिमालयन बंैकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनामा ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ।

हाल बैंकले देशभर रहेका १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएकोे छ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)