• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंक र रन्जना सिनेप्लेक्सबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

सिटिजन्स बैंक र रन्जना सिनेप्लेक्सबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

  • मङ्लबार, जेष्ठ ९, २०८०
सिटिजन्स बैंक र रन्जना सिनेप्लेक्सबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको न्युरोडमा रहेको रन्जना सिनेप्लेक्सबीच  सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार