• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकको झोर क्षेत्रमै पहिलो पटक एटिएम सञ्चालनमा

कुमारी बैंकको झोर क्षेत्रमै पहिलो पटक एटिएम सञ्चालनमा

  • बिहिबार, बैशाख २१, २०८०
कुमारी बैंकको झोर क्षेत्रमै पहिलो पटक एटिएम सञ्चालनमा

कुमारी बैंक लिमिटेडले आफ्नो झोर विस्तारित काउन्टरमा झोरकै पहिलो एटिएम सञ्चालनमा ल्याएको छ । टोखा नगरपालिका वडा नंः १, झोर क्षेत्र यहाँ अवस्थित बौद्धेश्वर महादेवको मन्दिर तथा झरनाका कारण अहिले काठमाण्डौकै एक प्रमुख पर्यटकिय आकर्षणको केन्द्र  बन्दै गएको छ ।

झोरमै पहिलो पटक स्थापित यस कुमारी बैंक लिमिटेडको एटिएमको उद्धघाटन, टोखा नगरपालिका वडा नंः १, झोरका वडा प्रमुख, रमेश कुमार लामिछानेद्वारा सम्पन्न गरिएको छ । सोही उद्घाटन समारोहमा, वडा प्रमुख लामिछानेज्यूले, कुमारी बैंकको यस एटिएमले झोरका वासिन्दाहरुलाई विद्युत्तिय माध्यम द्वारा कारोबार गर्न उत्प्रेरित गर्नुका साथै झोर क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउनका लागि थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि