• बुधबार, चैत्र २९, २०७९

प्रभू बैंक लिमीटेडले आफ्ना भिजा कार्डबाहक ग्राहकहरुका लागि नयाँ वर्ष २०८० को अवसरमा छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग एक सम्झौता गरेको छ ।

सम्झौता अनुसारको छुट योजना चैत २८ गतेदेखि नै लागू भइसकेको बैंकले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालको तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कार्डमार्फत प्रिपेमेन्टमा ८ प्रतिशत वा अधिकतम रु. ७५० बराबरको छुट पाउनेछन् भने क्रेडिट कार्डमार्फत १० प्रतिशत वा अधिकतम रु. १००० सम्मको छुट पाउन सक्नेछन् ।

यस्तै, ग्राहकले २०२३ अप्रील १५ देखि २० तारिखसम्म २० प्रतिशत वा अधिकतम रु. २०० सम्मको छुट पाउन सक्नेछन् । यी अफर र छुट पाउनका लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सक्रिय गर्नुपर्दछ ।

दराजबाट सूचीकृत स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरीदमा ग्राहकले २० प्रतिशत वा अधिकतम रु. २०० सम्मको छुट पाउने बैंकले जनाएको छ । प्री पेमेन्ट छुट सीमित अवधिका लागि मात्र रहने विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि