• होमपेज
  • शेयर मार्केट
  • एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

  • सोमवार, फाल्गुन २२, २०७९
एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको आज (फागुन २१ गते) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृपछि आगामी पाँचौँ वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुने गरी वितरण गर्ने निर्णय संस्थाले गरेको छ।

एनआईसी एसिया लघुवित्तले स्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ। आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखेको छ।

चालु आ.व. २०७९–८० को दोस्रो त्रैमासको अन्त्य सम्ममासंस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ। राष्ट्रियस्तरको अग्रणी लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ।

यसका साथै संस्थाले पछिल्लो समयमा अग्निपिडित परिवारहरुलाई खाद्यान्य तथा सामग्री सहयोग, शीतलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धाश्रमलाई नगद सहयोगलगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरी समाजिक कार्यहरुमा समेत आफुलाई स्थापित गर्दै आएको छ। यसका साथै संस्थाले ग्राहक सदस्यहरुको स्थायित्व, प्रगती तथा लघुवित्त कार्यक्रमको सुधार तथा स्थायित्वको लागि शिक्षा, स्वास्थ तथा व्यवसाय प्रवर्द्धनमा नियमित रुपमा लाग्दै स्थापना देखि हाल सम्म ग्राहक संरक्षण कोषबाट रु. ३ करोडभन्दा बढी खर्च गरिसकेको छ।

“साथी संगै सबल बन्दै” भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भइरहेको छ। त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्तले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहीअनुरुप कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि