• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलमा विशेष छुट

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलमा विशेष छुट

  • बुधबार, माघ ११, २०७९
नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलमा विशेष छुट

नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुट पाइने योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।

अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए । यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ । यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ ।

नबिल बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् । नबिल बैंक नयाँ प्रविधि अपनाउने र नविनतम उत्पादन तथा सेवाहरू लिएको छ । बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य लिएको छ र नबिल डिजीटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार