• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमईका नवनियुक्त अध्यक्ष ढकालले लिए शपथ

ग्लोबल आइएमईका नवनियुक्त अध्यक्ष ढकालले लिए शपथ

  • सोमवार, पुस २५, २०७९
ग्लोबल आइएमईका नवनियुक्त अध्यक्ष ढकालले लिए शपथ

ग्लाेबल आइएमई बैंकका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । ढकालले साेमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।

ग्लाेबल आइएमई बैंकले साेमबारबाट बैंक अफ काठमाडाैंसँग ‘ग्लाेबल आइएमई बैंक’ नामबाट एकिकृत काराेबार सुरु गरेकाे छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेकाे छ ।

ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याबिनेट श्रेष्ठ र राम बहादुर भण्डारी रहेका छन् । यस्तै, बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशी रहेका छन् ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार