• होमपेज
  • समाचार
  • कुमारी बैंकको सञ्चालक समितिको अध्यक्षमा राणा

कुमारी बैंकको सञ्चालक समितिको अध्यक्षमा राणा

  • आइतवार, पुस १७, २०७९
कुमारी बैंकको सञ्चालक समितिको अध्यक्षमा राणा

आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेका एनसिसी बैंक र कुमारी बैंकले सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप राणालाई चयन गरेको छ । कुमारी र एनसिसीको सफल मर्जर सँगै आजदेखि कुमारी बैंकको नाममा एकिकृत कारोबार भएको हो ।

मर्जर पछि सञ्चालक समितिमा एनसिसीका पुर्व अध्यक्ष केशरी न्यौपाने सदश्यमा चयन भएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सपथ ग्रहण गरिसकेका छन् । त्यस्तै एनसिसीको तर्फबाट चन्द्र बास्तोला र इमान सिंङ लामा चयन भएका छन् । त्यस्तै कुमारी बैंकको तर्फबाट कृष्ण प्रसाद ज्ञवाली र महेश पोख्रेल चुनिएका छन् । आजै अध्यक्ष राणाले सञ्चालक समितिका सदश्यहरुलाई समेत पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

एकीकृत कारोबारपश्चात बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कूल निक्षेप तीन खर्ब दुई अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । गाभिएपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुग्नेछन्

 

Facebook Comments

सम्बन्धित समाचार