• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआइसी एशिया बैंकको सेवा दुई दिन अवरुद्ध हुने

एनआइसी एशिया बैंकको सेवा दुई दिन अवरुद्ध हुने

  • शुक्रबार, पुस ८, २०७९
एनआइसी एशिया बैंकको सेवा दुई दिन अवरुद्ध हुने

एनआइसी एशिया बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टमको स्तरोन्नतिको लागि बैंकको सेवा अवरुद्ध हुने भएको हो ।

बैंकको अनुसार आज पुस ८ गते कारोबार समयपश्चात ९ गते शनिवार अपरान्ह सम्म बैंकिङ सेवा बन्द हुने छ । बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, रेमिट्यान्स लगायतका सेवाहरु अवरुद्ध हुने जनाएको छ । उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार