• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंक एससिटि युपिआईमा आबद्ध

कामना सेवा विकास बैंक एससिटि युपिआईमा आबद्ध

  • शुक्रबार, पुस १, २०७९
कामना सेवा विकास बैंक एससिटि युपिआईमा आबद्ध

कामना सेवा विकास बैंक पनि एससिटि युपिआई कार्डमा आबद्ध भएको छ । बैंकले आज आफ्नो केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एससिटि युपिआई कार्डमा आबद्ध भएको हो ।

डिजिटलाइजेसनको क्षेत्रमा १८ वर्षदेखि निरन्तर काम गरिरहेको एससिटि संस्था नवीन खोज–अनुसन्धानमार्फत बैंकिङ सेवालाई सरल, सहज र अत्याधुनिक प्रविधिसम्पन्न बनाउन अग्रसर छ ।

कार्यक्रममा बैंकका डिजिएम लाल बहादुर थिङले आफुले अनुभव बताउदैं बैंकिङ क्षेत्रमा आज भन्दा २५।३० वर्ष अघि जस्ले छिटो हिसाब मिलाउछ उस्लाई च्यापिएन बताउँने गरेको र बिस्तारै क्यालेकुलेटरको विकास सँगै अहिलेको युगमा ठुलो परिवर्तनको आएको बताए । डिजिटललै कार्य सम्पन गर्ने थप सहज भइरहेको बेला एससिटि कार्यले डिजिटल प्रवधिमा थप टेवा पुगेको उनको भनाइ थियो ।

एससिटिका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजेलले सन् २००३ मा एससिटी कार्ड सुरु गरेको हाल अत्याधुनिक कार्डसहित डिजिटल भुक्तानीका अन्य माध्यमहरूमार्फत गुणस्तरीय सेवा दिँदै आइरहेको बताए । २० वर्षको आगडि आएको एसटिसि कार्ड बिचमा भिसा कार्ड आए पछि प्रभावित भएको र फेरी एसटिसि कार्ड लोकप्रिय बन्दैं गएको उनको भनाइ थियो । भारतमा सबै एटीएमदेखि नेपालका सबैं एटिएममा पनि एसटिसि कार्डले कार्य गर्ने उनले बताए ।

कार्यक्रमा बैंकका डिजिटल बैंकिङ हेट बसन्त श्रेष्ठले एससिटि युपिआई कार्डले डिजिटल प्रविधिमा नयाँ फड्को मार्नुका साथै ग्राहकहरुलाई थप सहज र सहल रुपमा सेवा प्रदान गर्ने सकिने विश्वास ब्यक्त गरे ।

सर्बसाधारणमा सहज, सरल र सुलभ भुक्तानी प्रकृयालाई आम नेपालीको पहुँचमा पुर्याउन अहिलेको व्यवस्थापन लागिपरेको छ । नेपालका ठुला व्यापारिक घरानाहरुका अलावा वाणिज्य बैंकहरूमा हिमालयन बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, ग्लोबल आईएमई, मेगा बैंक, नविल बैंक, एनएमबि बैंक यो नेटवर्कमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार