• होमपेज
  • वाणिज्य बैंक
  • सिद्धार्थ बैंकले कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन दियो

सिद्धार्थ बैंकले कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन दियो

  • शनिबार, अशोज २९, २०७९
सिद्धार्थ बैंकले कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन दियो

सिद्धार्थ बैंकले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ। बैंकका संचालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई मेसिन हस्तान्तरण गरेका हुन्।

कोशी अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा भीम घिमिरे, सुरेश शर्मा, जगदिशप्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु उपस्थित थिए।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेत लगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थित थिए।

हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने विरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ। बैंकले पुर्‍याएको सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

कार्यक्रममा वोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट यादवले हेमो डायलाइसीस मेसीनको उपयोगिता, प्रयोग र आवश्यकता वारेमा चर्चा गरेका थिए।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बारेमा बैंक संचालक अग्रवालले जानकारी गराएका थिए।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि