• होमपेज
  • कर्पोरेट
  • बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा

बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा

  • बुधबार, अशोज १२, २०७९
बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको ईटहरी चोकमा आफ्नो १८ औं शाखा संचालनमा ल्याएको छ । इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरि बैकिङ कारोवार शुभारम्भ गरिएको फाइनान्सले बताएको छ ।

उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित ब्यापारी, ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
फाइनान्सले निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी सातै प्रदेशमा आप्mनो उपस्थिति हुने योजना रहेको जनाएको छ । साथै, आउदा दिनहरुमा देशका बिभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार