• होमपेज
  • वाणिज्य बैंक
  • पस र क्युआरबाट किनबेच गर्दा वाणिज्य बैंकले पैसा फिर्ता दिने

पस र क्युआरबाट किनबेच गर्दा वाणिज्य बैंकले पैसा फिर्ता दिने

  • मङ्लबार, अशोज ११, २०७९
पस र क्युआरबाट किनबेच गर्दा वाणिज्य बैंकले पैसा फिर्ता दिने

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशैँ, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ। बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक) हुने अफर ल्याएको हो।

यो योजना आगामी २०७९ असोज १० देखि २०७९ कात्तिक १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ। देशभर विभिन्न व्यवसायहरुमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ।

यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा ५ सय रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७ सय ५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने बैंकले जनाएको छ।

यसैगरी, आगामी असोज १४ गतेसम्म र २०७९ कात्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने बैंकले उल्लेख गरेको छ। बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि