• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव

सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव

  • बिहिबार, अशोज ६, २०७९
सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतितथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी बैंक विहीबार बसेको ४०३औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई दिने प्रस्ताव पेश गरेको हो ।

आर्थिक वर्ष २०७८/७९को  मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८÷७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्तापुँजी  १४,२००,९७४,००६ रुपैयाँको ९ प्रतिशतले हुने  १,२७८,०८७,६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई  प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ७०हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार