सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतितथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी बैंक विहीबार बसेको ४०३औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई दिने प्रस्ताव पेश गरेको हो ।
आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८÷७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्तापुँजी १४,२००,९७४,००६ रुपैयाँको ९ प्रतिशतले हुने १,२७८,०८७,६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७०हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।