• होमपेज
  • प्रविधि
  • आइएमई पे बाट गोल्डस्टार शुज खरिद गर्दा २० प्रतिशत क्यासब्याक पाउने

आइएमई पे बाट गोल्डस्टार शुज खरिद गर्दा २० प्रतिशत क्यासब्याक पाउने

  • आइतवार, अशोज २, २०७९
आइएमई पे बाट गोल्डस्टार शुज खरिद गर्दा २० प्रतिशत क्यासब्याक पाउने

आइएमई पे र किरण शुजबाट निर्मित गोल्डस्टार शुजबीच साझेदारी सहमति भएको छ । सहमति अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको हो ।

गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता दिनेछ । साथै, प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा जुत्ता खरिद गर्दा फ्लाट २० प्रतिशत क्यासब्याक पनि पाउने गरी व्यवस्था मिलाइएको छ ।

आइएमई पेको दशैँ क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनेछन् । सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा निःशुल्क जुत्ता पाउन सक्नेछन् । यद्यपि, विजेताहरुले डेलिवरि चार्ज भने स्वयम् तिर्नु पर्ने शर्त राखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार