• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकका ग्राहकले अर्बन बुटिक होटलमा सेवा लिँदा १० प्रतिशत छुट पाउने

प्रभु बैंकका ग्राहकले अर्बन बुटिक होटलमा सेवा लिँदा १० प्रतिशत छुट पाउने

  • मङ्लबार, भदौ २१, २०७९
प्रभु बैंकका ग्राहकले अर्बन बुटिक होटलमा सेवा लिँदा १० प्रतिशत छुट पाउने

गत शनिबार प्रभु बैंक लिमिटेड र अर्बन बुटिक होटल प्रालि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सहमति भएको छ । विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र पोखरा स्थित अर्बन बुटिक होटलका तर्फबाट अध्यक्ष शकुन्तला गुरुङ्गले उक्त सहमति पत्रका हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेएका ग्राहकहरुले उक्त होटलमा फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट पाउनेछन् । होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अर्बन होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था मिलाईएको छ । यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)