• होमपेज
  • वाणिज्य बैंक
  • बैंक अफ काठमाण्डूको कार्डबाट ‘ई-कमर्श’ कारोबारमा क्यासव्याक पाइने

बैंक अफ काठमाण्डूको कार्डबाट ‘ई-कमर्श’ कारोबारमा क्यासव्याक पाइने

  • मङ्लबार, भदौ २१, २०७९
बैंक अफ काठमाण्डूको कार्डबाट ‘ई-कमर्श’ कारोबारमा क्यासव्याक पाइने

बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ‘ई-कमर्श’ कारोबारमा नगदफिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेका  ग्राहकहरुले कारोबार गर्नु भएको रकमको १० प्रतिशत वा अधिकतम् एक हजार पाँच सय रुपैयाँसम्म नगदफिर्ता पाउनेछन् ।

यस नगदफिर्ता योजना बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहकहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ  र कारोबार रकम १० हजार वा सो भन्दा बढि रकम हुनपर्नेछ । यदि कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहकहरुले बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् ।

बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहक महानु्भावहरुले विभिन्न ईकमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफुलाई मनपर्ने सामानहरु खरिद गरी बैैकको कार्डबाट विद्मुतीय माध्यमबाट भुक्तानी गरीरहेका छन् । पछिल्लो समय कार्डबाट हुने विद्मुतिय भुक्तानी कारोबारमा यस बैंकको ग्राहकहरुको रुची वृद्धि भईरहेको छ । यस्तै रुचीहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहक महानुभावहरुको फाईदाको लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ ।

यस नगदफिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहकहरुलाई फाईदा लिन बैंक आह्वान गर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा