• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकका ग्राहकले सिटी जिम हेल्थमा आकर्षक छुट पाउने

प्रभु बैंकका ग्राहकले सिटी जिम हेल्थमा आकर्षक छुट पाउने

  • शुक्रबार, भदौ १७, २०७९
प्रभु बैंकका ग्राहकले सिटी जिम हेल्थमा आकर्षक छुट पाउने

प्रभु बैंक लिमिटेड र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रालि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचनर सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्राकिा तर्फबाट अध्यक्ष गोकर्ण कार्कीद्घारा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र उक्त जिम सेन्टरबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुलेसिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.द्धारा सञ्चालितसेवाहरुमा तल उल्लेखितछुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रालिमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार