• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकका ग्राहकले न्यू ऐरा रेस्टुरेन्टमा सेवा लिदा १० प्रतिशत छुट पाउने

प्रभु बैंकका ग्राहकले न्यू ऐरा रेस्टुरेन्टमा सेवा लिदा १० प्रतिशत छुट पाउने

  • बुधबार, भदौ १५, २०७९
प्रभु बैंकका ग्राहकले न्यू ऐरा रेस्टुरेन्टमा सेवा लिदा १० प्रतिशत छुट पाउने

प्रभु बैंक लिमिटेड र पोखरा स्थित न्यू ऐरा रेस्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सहमति भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र न्यू ऐरा रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर लक्ष्मण गिरीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र रेस्टुरेन्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले न्यू ऐरा रेस्टुरेन्ले सञ्चालन गरेको “फुड” ,“वेभरेज” र ब्याङ्गकेट सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त साझेदारी पत्रमा न्यू ऐरा रेस्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, न्यू ऐरा रेस्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यो साझेदारीबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने