• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंक द्वारा लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती वितरण

महालक्ष्मी विकास बैंक द्वारा लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती वितरण

  • सोमवार, भदौ १३, २०७९
महालक्ष्मी विकास बैंक द्वारा लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती वितरण

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोष कुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्र वृत्ती प्रदान गरेको छ ।

विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ती उनका सुपुत्र, यस बैंकका संस्थापक तथा मनकामना दर्शन प्रालि का सञ्चालक राजेश बाबु श्रेष्ठले सन्तोष कुमार मण्डललाई हस्तान्तरण गरेका हुन । धनुषा जिल्ला, धवौली स्थायी घर भएका सन्तोष कुमार मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

 

उक्त कार्यक्रममा बोल्दै राजेश बाबुश्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे । साथै शिक्षा, स्वस्थ्य, दैवीप्रकोप, संस्कृति प्रवद्र्घन लगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोर्खा र चितवनमा विभिन्न कार्यक्रम गर्दै आएको मनकामनादर्शन प्रालि ले आगामि दिनमा काठमाडौंमा पनि त्यस्ता कार्यक्रम गर्ने प्रतिवद्घता व्यक्त गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले विद्यार्थीहरु देशकाकर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको बताउदै विद्यार्थीको शैंक्षिक विकासमा टेवापुग्ने विश्वास ब्यक्त गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तर दायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

विगत देखिनै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहि आएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकीप्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७वटा गरी कुल १०३ वटाशाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि