• होमपेज
  • वाणिज्य बैंक
  • इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पशुपति संग्रहालय र महास्नान घर

इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पशुपति संग्रहालय र महास्नान घर

  • सोमवार, भदौ ६, २०७९
इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पशुपति संग्रहालय र महास्नान घर

नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पशुपति संग्रहालय तथा महास्नान घरको पुनर्निर्माण सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले यसको उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति थियो।

धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका प्रस्तरकला, संस्कृति झल्काउने वेशभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका छैटौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मुर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचीन मुद्रा, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्रीहरु संग्रहालयको मुख्य आकर्षण रहेको छ।

बैंकले २०७२ को भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण पशुपति महास्नानघर भवनलाई पुनर्निर्माण गरी पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्त्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

पुनर्निर्माणपछि नेपाल इन्भेष्टमेन्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ।
बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने