• होमपेज
  • अटो
  • हुन्डाई नेपालद्वारा वृक्षरोपण सम्पन्न

हुन्डाई नेपालद्वारा वृक्षरोपण सम्पन्न

  • आइतवार, भदौ ५, २०७९
हुन्डाई नेपालद्वारा वृक्षरोपण सम्पन्न

हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियानअन्तर्गत रातोमाटे डाँडा चुनिखेलमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता थियो। KONA र IONIQ छ गरी ४० भन्दा बढी विद्युतीय गाडी थापाथलीबाट बुढानीलकण्ठसम्म गएको थियो।

1658825156250×250.gif
हुन्डाई नेपालको ‘Be (v) the Change’ हुन्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको हो। Be(v) अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा Be (v) the Change ले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

यो अभियानअन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रममध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आसा राखिएको छ। त्यस्तै आगामी दिनमा पनि कम्पनीले यो अभियानअन्तर्गत पर्यावरण दिगोपनसम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने धेय राखेको छ।

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले कार्बन न्युट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन तयार गर्ने योजना बनाएको छ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा ‘गोल अफ द सेन्चुरी’ नामक विश्वव्यापी अभियान सुरु गरेको थियो। यस अभियानले फुटबलका विश्वव्यापी आकर्षणमार्फत फुटबलप्रेमी र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि