• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम

ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम

  • शुक्रबार, साउन २०, २०७९
ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ।

बैंकको “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ।

समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ।

यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पुरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

“ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्राहरुलाई यसै कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यस्ता विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि