• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकमा विदेशबाट पनि विदेशी मुद्राको खाता खोल्न सकिने

प्रभु बैंकमा विदेशबाट पनि विदेशी मुद्राको खाता खोल्न सकिने

  • बुधबार, साउन १८, २०७९
प्रभु बैंकमा विदेशबाट पनि विदेशी मुद्राको खाता खोल्न सकिने

प्रभु बैंक लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवासम्बन्धी सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनआरएनएका अध्यक्ष विनोद कुँवरले मंगलबार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

‘मातृभूमिको सम्मानका लागि नेपालमा खाता खोलौँ’ भन्ने मूल नाराका साथ प्रभु बैंक र एनआरएनएले आफ्ना सदस्यसहित सबै गैरआवासीय नेपालीहरूले विदेशका जुनसुकै देशहरूबाट विदेशी मुद्रामा बचत तथा मुद्धति खाता खोल्न सक्ने व्यवस्था गरेका हुन्। यी खाता अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र जापानिज येनमा न्यूनतम मौज्दात अमेरिकी डलर एक हजार वा सोबराबरको परिवर्त्य विदेशी मुद्रा कायम गरी खोल्न सकिने सम्झौतापत्रमा उल्लेख छ।

यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको नीति, नियम तथा निर्देशनको अधिनमा रही विदेशबाटै बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न सकिनेछ। यसरी जम्मा गरेको रकम तथा ब्याज विदेश फिर्ता लानुपरेमा भने जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो, सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाइनेछ। यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिने सम्झौतापत्रमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने