• होमपेज
  • वाणिज्य बैंक
  • उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

  • बिहिबार, साउन १२, २०७९
उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८ औं, १७९ औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाण्डाैं को धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । यससंगै काठमाण्डाैं उपत्यका भित्र यस बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

यस बैंकले आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैमासिक सम्ममा २ अर्व २५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यसै अवधिमा १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु पनि नियामक निकायले तोकेको सीमा भित्रै कायम गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि