• होमपेज
  • वाणिज्य बैंक
  • एनआईसी एशिया बैंकको अर्को चमत्कारी मुद्दती खाताः १५ वर्ष १३ दिनमै ५ गुणा बढि रकम दिने अफर सार्वजनिक !

एनआईसी एशिया बैंकको अर्को चमत्कारी मुद्दती खाताः १५ वर्ष १३ दिनमै ५ गुणा बढि रकम दिने अफर सार्वजनिक !

  • बिहिबार, साउन १२, २०७९
एनआईसी एशिया बैंकको अर्को चमत्कारी मुद्दती खाताः १५ वर्ष १३ दिनमै ५ गुणा बढि रकम दिने अफर सार्वजनिक !

नेपालको सधैं चर्चामा आउने र चासोका साथ हेरिने एनआईसी एशिया बैंक लिमिटेडले सर्बश्रेष्ठ १० गुणा मुद्दती योजना हालै सार्वजनिक गरेको छ भन्दा अब फरक पर्दैन । एनआईसी एशिया बैंकले ल्याएको यो पृथक र विशिष्ट प्रकारको मुद्दती खाता हो भन्दा फरक पर्दैन । जसमा बैंकले सर्वाधिक ब्याजदर दिएको र तोकिएको अवधि पूरा भएपछि १० गुणा सम्म प्रतिफल दिने बैंकले जनाएको छ । भनिन्छ ‘एनआईसी एशिया बैंक सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’मा सहभागी हुने ग्राहकले ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर, १० वर्ष २ महिना १४ दिनमा तीन गुणा, १२ वर्ष ११ महिना २ दिनमा चार गुणा, १५ वर्ष १३ दिनमा पाँच गुणा रकम उपलब्ध गराउने अफर ल्याएको भेटिएको छ ।

साथै, १६ वर्ष ९ महिना ६ दिनमा ६ गुणा, १८ वर्ष २ महिना २४ दिनमा ७ गुणा, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणा, २० वर्ष ७ महिना १५ दिनम ९ गुणा, २१ वर्ष ७ महिना १७ दिनमा १० गुणा रकम फिर्ता पाउने बैंकको जनाएको छ ।
बैंकको योजनाबाट विशेष गरी विप्रेषण आर्जक र उनीहरूका परिवारले बढी फाइदा पाउने बैंकको दाबी छ । सामान्य व्यक्तिगत बचत खाता धारकहरूले ६ वर्ष ४ महिनामा दोब्बर रकम पाउँदा रेमिट्यान्स खाता हुनेले ५ वर्ष १० महिना १४ दिनमै दोब्बर रकम पाउने बैंकको अफरमा उल्लेख छ भन्दा फरक पर्दैन । विप्रेषण आर्जकहरूले ९ वर्ष ४ महिना १० दिनमा तीन गुणा रकम पाउँदा १९ वर्ष १० महिना २ दिनमा १० गुणा रकम पाउने बैंकले जनाएको छ ।
बैंकले व्यक्तिगत र रेमिट्यान्स आर्जकका लागि मात्र नभइ यो योजना संस्थागत निक्षेपकर्तालाई समेत लक्षित गरेको भेटिएको छ ।

बैंकका अनुसार यो ४ जनालाई ५ वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत योजना हो । बीमामा सहभागी हुनेले ४० लाखसम्मको घातक रोग बीमा, ४० लाख सम्म्को दुर्घटना बीमा, ४ लाख सम्मको औषधी उपचार बीमा (ओपीडीमा ८० हजार र अस्पताल भर्ना खर्च ३ लाख २० हजार) सम्मको सुविधा पाउन सकिने छ ।

संस्थागत निक्षेपमा ७ वर्ष २ महिना २७ दिनमा दोब्बर, ११ वर्ष ८ महिना ९ दिनमा तीन गुणा, १४ वर्ष १० महिना २९ दिनमा चार गुणा हुँदै २५ वर्ष ४ महिना २३ दिनमा १० गुणा निक्षेप रकम फिर्ता हुने व्यवस्था गरिएको भेटिएको छ ।
बैंकका अनुसार निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकम तथा सो अवधिसम्म पाकेकको ब्याज रकमको ९० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्ने व्यवस्था रहेको छ । यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकहरुको अत्यन्त उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।

यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस्तो खाता १० हजारमै खोल्न सकिने छ । बैंकका अनुसार यो ४ जनालाई ५ वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत योजना हो । बीमामा सहभागी हुनेले ४० लाखसम्मको घातक रोग बीमा, ४० लाख सम्म्को दुर्घटना बीमा, ४ लाख सम्मको औषधी उपचार बीमा (ओपीडीमा ८० हजार र अस्पताल भर्ना खर्च ३ लाख २० हजार) सम्मको सुविधा पाउन सकिने छ ।

ब्याजदरमा विशेष सहुलियत, प्रशासनिक शुल्कमा विशेष सहुलियत र पूर्व स्वीकृत कर्जा सुुविधा छ । यो योजनामा सहभागी हुनेले ५ लाखसम्मको क्रेडिट कार्ड निःशुल्क पाउनेछन् भने ५ वर्षसम्म निःशुल्क डेबिट कार्य÷मोबाइल बैंकिङ÷इन्टरनेट बैंकिङ, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कसनै पनि एटिएमबाट निःशुल्क रकम निकाल् सकिने सुविधा रहेको छ ।

यो योजनामा सहभागी हुँदा कर्जा सम्बन्धी ३ वटा फाइदा रहेको छ । तनि वटा फाइदा छन् । जसमा ब्याजदरमा विशेष सहुलियत, प्रशासनिक शुल्कमा विशेष सहुलियत र पूर्व स्वीकृत कर्जा सुुविधा छ ।
यो योजनामा सहभागी हुनेले ५ लाखसम्मको क्रेडिट कार्ड निःशुल्क पाउनेछन् भने ५ वर्षसम्म निःशुल्क डेबिट कार्य÷मोबाइल बैंकिङ÷इन्टरनेट बैंकिङ, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कसनै पनि एटिएमबाट निःशुल्क रकम निकाल् सकिने सुविधा रहेको छ । यस्तै स्वीप इन स्वीप आउन सुविधा साथै अन्य २४ सर्वश्रेष्ठ योजना रहेको बैंकको दाबी छ । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने