• होमपेज
  • वाणिज्य बैंक
  • सिद्धार्थ बैंकका ग्राहकलाई नोभा अस्पतालमा २०%सम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकलाई नोभा अस्पतालमा २०%सम्मको छुट

  • मङ्लबार, साउन १०, २०७९
सिद्धार्थ बैंकका ग्राहकलाई नोभा अस्पतालमा २०%सम्मको छुट

सिद्धार्थ बैंक लिमिटेड र धनगढीस्थित नोभा अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पताल प्रालिका तर्फबाट प्रशासन अधिकारी सुमन भट्ट पनेरुले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकले नोभा अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेटबैैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिद्धार्थ बैंकको वेबसाइट (www.siddharthabank.com/merchant-offer) मा प्राप्त गर्न सकिनेछ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि