• होमपेज
  • बीमा
  • प्रभु लाइफ र महालक्ष्मी लाइफ विच मर्जरको संझौता

प्रभु लाइफ र महालक्ष्मी लाइफ विच मर्जरको संझौता

  • बिहिबार, असार ३०, २०७९
प्रभु लाइफ र महालक्ष्मी लाइफ विच मर्जरको संझौता

प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विच मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको भएको छ । आज साझ होटल अलफ्टमा दुबै कम्पनी विचमा बराबरी हैसियतमा मर्जरको सहमति भएको हो । सहमपत्रमा प्रभु लाइफका अध्यक्ष सुवास अमात्य र महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका हुन् । मर्जर पछि बन्ने कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहनेछ ।

मर्जर पछि बन्ने कम्पनीले सर्वसाधारण र संस्थापकको शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्नु पर्नेछ । अहिलेको अवस्थामा मर्जर हुँदा संस्थापक शेयर पूँजी ८५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयर पूँजी १५ प्रतिशत हुनेछ । त्यसैले कम्पनीले कम्तिमा पनि ३० प्रतिशत कायम गर्न ९० लाख कित्ता एफपिओ जारी गर्नु पर्नेछ । त्यस पछिको अवस्थामा कम्पनीको जगेडा कोष थप बलियो बन्नेछ ।

प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १०  करोड रहेको छ। महालक्ष्मी लाइफले आफ्नो चुक्ता पुँजी १ अर्ब ४० करोडको आधारमा आफ्ना सस्थागत लगानीकर्तालाई ५० प्रतिशत थप रकमको लागि आह्वान गरेको र त्यसपश्चात नबिकेको शेयर लिलामी प्रक्रियामा ल्याएको थियो । मर्जर पछि चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

प्रभु लाइफको जगेडा कोषमा ४५ करोड ५४ लाख रहेको छ भने महालक्ष्मी लाइफको जगेडामा २२ करोड २ लाख रहेको छ। प्रभु लाइफको जीवन बीमा कोषमा २ अर्ब ७१ करोड संचित छ भने महालक्ष्मीको जीवन बीमा कोषमा १ अर्ब ९८ करोड संचित छ।

चालु आर्थिक वर्षको ९ महिनासम्म प्रभु लाइफले १० करोड १३ लाख खुद नाफा गरेको छ भने महालक्ष्मी लाइफले ७ करोड २४ लाख खुद नाफा गरेको छ। प्रभु लाइफले चालु आर्थि वर्षको ९ महिनासम्म १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो भने महालक्ष्मी लाइफले १ अर्ब १४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क : चालु आर्थिक वर्षको ११ महिनासम्म प्रभु लाइफले ९१ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाइफले ६३ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क : चालु आर्थिक वर्षको ११ महिनासम्म प्रभु लाइफले १ अर्ब ७४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाइफले १ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि