• होमपेज
  • बीमा
  • अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  • मङ्लबार, असार २१, २०७९
अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्स लिमिटेडको आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गरेर आफ्नो वार्षिकत्सव कार्यक्रम मनाएको हो ।

सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाता व्यक्तिहरुले रक्तदान गरेका छन् । त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौंको टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन बृद्घा आश्रममा आश्रीत ४३ जना बृद्घ तथा बृद्घाहरुको लागी खाद्यान्न सहयोग समेत गरिएको छ ।

उक्त सहयोग कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा बृद्घा आश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

यस कम्पनीले विं सं २०७५ साल असार २१ गतेदेखि आफ्नो व्यवसायिक कारोवार सुरु गरेको हो । हालसम्म कम्पनीले बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)