• होमपेज
  • वाणिज्य बैंक
  • एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एप स्तरोन्नति

एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एप स्तरोन्नति

  • आइतवार, असार १९, २०७९
एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एप स्तरोन्नति

एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप (एनआएसी एशिया मोबाइल बैंकको) को शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले यस ओम्नी च्यानल एप मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।

हालका एनआएसी एशिया मोबाइल बैंक प्रयोगकर्ताहरूले वर्तमान एनआएसी एशिया मोबाइल बैंक एपलाई अपडेट गरी ओम्नीच्यानल एप मा स्तरोन्नति गर्न सक्नेछन् भने नयाँ ग्राहकहरूले प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एप बाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् । र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।

स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नी च्यानल एप मार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् ।

साथै, यस बैंकमा खाता नहुनुभएको महानुभावले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् । जसबाट समेत क्युआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सक्नेछन् ।  ग्राहकको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने