• होमपेज
  • वाणिज्य बैंक
  • एनआइसी एशिया बैंकले विराटनगर शाखाबाट धेरै संख्यामा वितरण गर्यो क्यूआर कोड

एनआइसी एशिया बैंकले विराटनगर शाखाबाट धेरै संख्यामा वितरण गर्यो क्यूआर कोड

  • मङ्लबार, असार १४, २०७९
एनआइसी एशिया बैंकले विराटनगर शाखाबाट धेरै संख्यामा वितरण गर्यो क्यूआर कोड

एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित मोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले उक्त ठाउँमा ४०० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा क्यूआर कोड वितरण गरेको हो ।

प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका ४०० भन्दा वढि इ–रिक्सा सदस्यहरुलाई उक्त क्यूआर भुक्तानी सेवा वितरण गरको जनाएका छन् । यसरी क्यूआर कोड सेवा लिन बैंककोे सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकहरुलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्त रु। १० लाख रकम बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ ।

‘क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यलाई मलम लगाउन समेत ठूलो सहयोग मिल्नेछ ।

बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित उत्तरदायी बैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि