• होमपेज
  • बीमा
  • रिलायबल नेपाल लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

  • शनिबार, असार ४, २०७९
रिलायबल नेपाल लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले एमडिआरटी,एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत दोलखा सिन्धुली र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम दिएको हो ।  कार्यक्रममा रिलायबल नेपाल लाइफमा आबद्ध १२० जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

जिल्ला सदरमुकाम मन्थलीको फ्रीडम रेसोर्टमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शनिबार शाखामा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई एकदिने पुनर्ताजकिय तथा उत्प्रेरणा तालिम दिएको हो ।

कार्यक्रममा बनेपा रिजनका रिजनल म्यानेजर राजकुमार गिरीको अध्यक्षता,कम्पनीका वरिष्ठ प्रबन्धक कल्याण राज हलवाइको प्रमुख आतिथ्यता तथा प्रशिक्षक विजयराज सिग्देलको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्थली क्याम्पसका प्रमुख ब्रह्मकुमार डा.भरत कुमार श्रेष्ठ लगायत दोलखा सिन्धुली रामेछापका अभिकर्ताहरु को सहभागिता रहेको थियो। कार्यक्रममा प्रोग्राम मोटिभेटर बिजयराज सिग्देलले उत्प्रेरणा मुलक जीवन उपयोगी विषय बस्तुहरुको बारेमा प्रस्तुत गरेका थिए ।

त्यस्तै, कम्पनीका बरिस्ठ प्रबन्धक कल्याण राज हल्वाइ रिजनल म्यानेजर राजकुमार गिरि क्याम्पस प्रमुख डा.भरतकुमार श्रेष्ठ लगायतले आफ्नो राख्दै बीमा सम्बन्धि उत्प्रेरणमुलक विषयमा प्रस्तुति राखेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि