• होमपेज
  • वाणिज्य बैंक
  • सनराइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर सम्पन्न

सनराइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर सम्पन्न

  • सोमवार, जेष्ठ ३०, २०७९
सनराइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर सम्पन्न

स्वास्थ्य र त्यसमा पनि विशेषरुपमा महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सनराइज बैंकले गते २८ गते काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ ।

सामान्यता महिलाहरु स्तन क्यान्सरको जाचँ गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँदछन् । तसर्थ जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा निशुल्क शिविर सञ्चालन गरेको हो । सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सर बारे सचेतना दिइएको थियो । साथै शिविरमा आउन हुने सम्पुर्ण मानिसहरुको निशुल्क रक्तचाप, मधुमेह परिक्षण सेवा समेत दिइएको थियो ।

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजारसम्म र अस्पताल भर्ना र ओपिडि खर्च गरी रु १ लाख सम्म बीमा बापतको रकम समेत दिदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि