• होमपेज
  • अटो
  • चौधरी ग्रुपले ल्यायो ‘निटा भी’ विद्युतीय कार

चौधरी ग्रुपले ल्यायो ‘निटा भी’ विद्युतीय कार

  • बुधबार, जेष्ठ २५, २०७९
चौधरी ग्रुपले ल्यायो ‘निटा भी’ विद्युतीय कार

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले निटा ब्राण्डको विद्युतीय कार सार्वजनिक गरेको छ ।

कम्पनीले आज राजधानीमा आयोजित एक कार्यक्रममार्फत् निटा ब्राण्डको निटा भी नामक मोडल सार्वजनिक गरेको हो । निटा चिनियाँ मोटर उत्पादन कम्पनी होजोन अटोमोबाइल्सले उत्पादन गर्दै आएको छ ।

सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थका आयात घटा व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउने आफूहरुले विद्युतीय सवारी साधनको प्रवर्द्धन गरेको बताए ।

अटो बिजनेशमा चौधरी ग्रुपको इन्ट्रीः बुधबार सार्वजनिक गर्दैछ ३८ लाख पर्ने नेटा-भी विद्युतीय कार
‘सरकारले व्यापारघाटाको मुख्य कारक रहेको पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा सीमित गर्ने योजना बनाएको छ,’ उनले भने, ‘यही योजनालाई सहयोग गर्नका लागि निजी र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको बिस्तारमा लागेका हौं ।’

अधिकांश सवारी उत्पादनले आइसी इञ्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भए पनि निटा ब्राण्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको भएकाले निकै इफिसियन्ट रहेको कम्पनीको दाबी छ ।

सिजी मोटर्सले ‘सिजी रिभोलुसन’को नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेको कारण धेरै रेञ्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपालमा उपलब्ध गराएको बताएको छ ।

यो कारले एक पटकको फूल चार्जमा ३८० किलोमिटरभन्दा बढी गुड्न सक्छ ।

५ जना अट्न सक्ने यो कार फूल चार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जबाट २० मिनेटमा ९० प्रतिशतसम्म चार्ज हुन्छ । निटा भीमा फ्रन्ट तथा रेयर दुबैतर्फ डिस्क ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो । गाडीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि