• होमपेज
  • बीमा
  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्विलचियर हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्विलचियर हस्तान्तरण

  • सोमवार, जेष्ठ २३, २०७९
नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्विलचियर हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सोमबार एक कार्यक्रमका बीच ह्विलचियर हस्तान्तरण गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौतापत्र आदन प्रदान गरी औपचारिक रुपमा ह्विलचियर हस्तान्तरण गरिएको हो।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्विलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताउनुभयाे । उहाँले  विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गराउनुभयाे ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले आफूहरुको समाजप्रति पनि ठूलै दायित्व रहेको बताउनुभयाे । त्यसैले हाललाई १०० वटा ह्विलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्विलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकताअनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । यस्ता मनकारी संघसंस्थाहरुको सहयोगले नै अस्पताल जीवन्त रहने र सेवा प्रवाहमा सहजता आउने उहाँको भनाइ थियो।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा