• होमपेज
  • वाणिज्य बैंक
  • एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

  • सोमवार, जेष्ठ २३, २०७९
एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रुपैयाँबराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र’ निष्कासन तथा बिक्री प्रबन्धका रुपमा काम गर्ने भएको छ।

बिक्री प्रबन्ध नियुक्तिसम्बन्धी सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

बैंकले प्रतिइकाइ १ हजार रुपैयाँका दरले २० लाख इकाइ ऋणपत्र बिक्री गर्ने जनाएको छ। जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँबराबरको ८ लाख इकाइ सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख यकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

१० वर्षअवधिको यो ऋणपत्रमा वार्षिक ५.५०% दरले ब्याज त्रैमासिक रुपमा भुक्तानी हुनेछ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा