• होमपेज
  • विकास बैंक
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा तौलिहवामा

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा तौलिहवामा

  • शनिबार, जेष्ठ २१, २०७९
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा तौलिहवामा

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले  उक्त शाखाको उदघाटन गरेका थिए । उनले स्तरीय र विश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले स्थानीय आवश्यकता अनुसार सहज बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गतेदेखि बैंकिङ्ग कारोबार शुरु गरेको बैंकका ८४ वटा शाखा कार्यालय तथा एउटा एक्सटेन्सन कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका बताए ।

काठमाण्डौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको राष्ट्रियस्तरको एकमात्र विकास बैंकको लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा शाखा सञ्चालनमा छन् भने संघीय राजधानी काठमाडौँमा ५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार