• होमपेज
  • बीमा
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा पुनः बीमालेख पुनर्जागरण अभियान संचालन

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा पुनः बीमालेख पुनर्जागरण अभियान संचालन

  • शुक्रबार, जेष्ठ २०, २०७९
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा पुनः बीमालेख पुनर्जागरण अभियान संचालन

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ग्राहकवर्गको अनुरोधलाई मध्यनजर गरी पुनः पुनर्जागरण अभियान संचालन गरेको छ । पुनर्जागरण अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको हो ।

यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै, बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिनेछ । उक्त पुनर्जागरण अभियान यही जेठ २० गते देखि आषाढ १५ गतेसम्म संचालन हुनेछ र आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्क बिना नै नवीकरण गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

साथै, बीमालेख पुनर्जागरण गर्दा स्वास्थ्य परिक्षण गर्नुपरेमा मिडिकल फि कम्पनीले व्यहोर्ने छ । हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरु र उनीहरुसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ ।

साथै, यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार