• होमपेज
  • वाणिज्य बैंक
  • स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख सहायता प्रदान

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख सहायता प्रदान

  • बिहिबार, जेष्ठ १९, २०७९
स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख सहायता प्रदान

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई साहयोग गरेको छ । बैंकले सहयोगार्थ ३० लाख ३६ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ । यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड” संग मिल्दोजुल्दो छ ।

सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सिइओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले भने, “विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको छ ।”

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा