• होमपेज
  • देश
  • सशस्त्र प्रहरी प्रभाव चल्ने संगठन होइन, प्रायोजित समाचार आयो : प्रबक्ता डिआईजी बिदुर खड्का

सशस्त्र प्रहरी प्रभाव चल्ने संगठन होइन, प्रायोजित समाचार आयो : प्रबक्ता डिआईजी बिदुर खड्का

  • शुक्रबार, जेष्ठ १३, २०७९
सशस्त्र प्रहरी प्रभाव चल्ने संगठन होइन, प्रायोजित समाचार आयो : प्रबक्ता डिआईजी बिदुर खड्का

सशस्त्र प्रहरी बल नेपालको एसएसपीको बढुवा रोकियो भन्दै केहि सन्चार माध्यमले कपोकल्पित,भ्रामक समाचार प्रकाशित गरेको भन्दै ध्यानाआर्कषण गरेको समाचार छ ।

सशस्त्रमा स.प्र.ब.उ. (एसएसपी)को बढुवा अघि बढाउन मंगलबार सूचना नै प्रकाशित भएको र अन्तिम समयमा प्रभावका कारण बढुवा नै रोकिएको भन्ने समाचारमा गम्भिर ध्यानार्कषण भएको जनाएको  हो ।

हरेक सरुवा,बढुवा ऐन अनुसार हुने भएकाले कसैको प्रभावमा नहुने भन्दै हलचोकमा यस बिषयले गरमागर्मी बढाएको हो।

हालै गृह मन्त्रालयले कामुबाट कन्र्फम गर्ने सम्बन्धको नियममावलीमा स्पष्ट व्यवस्था नभएकाले स्थगित गरिएको सम्बन्धमा शसस्त्र प्रहरी नियममावली यस्तो रहेको छ ।

सशस्त्र प्रहरी नियम ४३ बमोजिम तालिकीकरण गर्ने नगर्ने सम्बन्धमा दुविधा रहेको प्रष्ट उल्लेख छ । तालिम, जेष्ठता, भौगोलिक क्षेत्र, कासमु चुनौतीपुर्ण वा विशेष जिम्मेबारी पदक आदिको अंक गणना गर्दा कामु स.प्र.ब.उ. (एसएसपी)पदको गर्ने वा  स.प्र.उ.(एसपी)पदको गर्ने दुविधा कायमै रहेको छ ।

हाल सि.सं १ को ९ जना कामु स.प्र.ब.उ. (एसएसपी) कन्र्फम गर्दा समस्या नभए पनि यसपछि कन्र्फम बढुवा गर्नु पर्ने सि.सं.२ का समुहबाट बढुवा गर्दा कामु स.प्र.ब.उ. (एसएसपी) र कोही स.प्र.उ. (एसपी) नै हुने र उनीहरुलाई कन्र्फम बढुवा गर्दा स.प्र.उ. (एसपी) पदमा बढुवा भएको अवधि ४ वर्ष पुरा भई फाराम भर्न योग्य हुने कानुनी प्राबधान रहेको छ ।

योग्य हुने कार्यरत सशस्त्र अधिकारीहरु छुट हुन गई पून स.प्र.उ. (एसपी) पदमा रहने व्यवस्था दुविधा भएकाले उक्त विषय छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ ।

त्यसैले पनि कामु स.प्र.ब.उ. (एसएसपी) हरुले प्रथम श्रेणी सरहको तलब, भक्ता सुविधा लिइरहे पनि पद भने स.प्र.उ. (एसपी) द्धितिय श्रेणीमै रहनुपर्ने अवस्था देखिएको छ ।

समाचार प्रायोजित भयो : प्रबक्ता डिआईजी बिदुर खड्का

सशस्त्र प्रहरी बल नेपालका बारेमा पछिल्लो समय प्रायोजित समाचारका बारेमा गम्भिर ध्यानार्कषण भएको प्रबक्ता डिआईजी बिदुर खड्काले बताउनु भएको छ ।

सशस्त्र प्रहरी बल राज्यको अभिन्न अंग भएकाले तालुक मन्त्रालय गृह र सशस्त्र प्रहरी नियामावली अनुरुप चल्ने जानकारी दिँदै प्रबक्ता डिआईजी बिदुर खड्काले आफुले बोल्दै नबोलेका बारेमा समेत समाचार बनाएर प्रकाशित गरेकोमा चिन्ता ब्यक्त गर्नु भएको हो ।

पत्रकार अर्थात संचार जगतले समाचार प्रकाशित गर्दा एक पटक मलाई सम्पर्क नगरि आफ्नो नाम समेत उल्लेख गरि हवला दिएको खबर प्रति उहाँले अभियान टाइम्स प्रतिनिधिसँग चिन्ता ब्यक्त गर्नु भएको हो ।

पछिल्लो समय सशस्त्र प्रहरी बलको बढुवाका विषयमा प्रायोजित समाचार आएको भन्दै संस्थागत चिन्ता ब्यक्त गरिएको छ ।

सशस्त्र प्रहरी बलको नियामावली र तालुम मन्त्रालयको नितिगत निर्देशनलाई नबनियुक्त आईजीपी राजु अर्याल सहित नेतृत्व तहमा रहनुभएका उच्च अधिकारीहरुले कुनै पनि प्रकारको बलमिच्चाई नगरि संगठनको हित बमोजिम कार्य गर्ने अठोट अनुरुप हामी अगाडि बढिरहेको प्रष्ट पार्नु भएको छ ।

संगठन राजनीतिक हस्तक्षेप वा अन्य प्रकारका लोभलालचले नचल्ने भन्दै सरुवा होस् या बढुवा संगठनको काम कर्तब्यका सन्दर्भमा सशस्त्र प्रहरी बलको नियामावली,ऐन आर्कषित हुने प्रबक्ता खड्काको ठहर छ ।

व्यक्तिलाई हेरेर नियम कानुन परिवर्तन गर्ने वा संगठनका अधिकृतहरुको वृति विकासमा असर पर्ने कुनै अवाञ्छित कार्य नभएको उहाँले जानकारी दिनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि