• होमपेज
  • अर्थ/वाणिज्य
  • मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकको रेमिट्यान्स बचत खाता यस्ता छन् फाइदै फाइदा !

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकको रेमिट्यान्स बचत खाता यस्ता छन् फाइदै फाइदा !

  • बिहिबार, जेष्ठ १२, २०७९
मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकको रेमिट्यान्स बचत खाता यस्ता छन् फाइदै फाइदा !

नेपालकै सबै भन्दा बढि शाखा सञ्जाल र ग्राहक भएको एनआईसी एशिया बैंकको रेमिटे्यान्स बचत खातामा फाइदा माथी थप फाइदा छ भन्दा अब फरक पर्दैन । नेपालीहरु अध्ययन, घुमफिर तथा रोजगारीका लागि विदेशिने गर्दछन् । जसमध्ये, वैदेशिक रोजगारमा बढी मात्रामा जाने गर्दछन् भने घुमफिरका लागि जानेको संख्या कम हुने गर्दछ । नेपालमा व्याप्त बेरोजगारी तथा गरीबीको समस्याले पैसा कमाउने उद्देश्यले लिएर वर्षेनी लाखौँको संख्यामा युवाहरु कतार, साउदी, दुवई लगायतका खाडी मुलुकमा गएका हुन्छन् । विदेशमा पैसा कमाएर नेपालमा परिवार पाल्नेहरुले पैसा पठाउनको लागि विभिन्न उपायहरु खोजिरहेका हुन्छन् । विशेषतः भर्खरै विदेश गएकाहरुलाई सुरुमा पैसा पठाउनुपर्दा कसरी पठाउने होला भन्ने दुविधा हुन सक्छन् । यहाँ नेपालमा रहेका परिवार पनि विदेशमा कमाएको पैसा (रेमिट्यान्स) कहाँ बचत गर्ने ? कसरी बचत गर्ने ? भनेर सोचिरहेका हुन्छन् ।

यसरी दुविधामा पर्नेहरुका लागि एन आइ सी एशिया बैंकले गज्जबको विषेश अफर ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएकाहरुलाई विशेष फाइदा पुर्याउने उदेश्यका साथ सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता ल्याएको हो । रेमिटेन्स बचत गर्नेहरुका लागि यस खाता मार्फत फाइदै फाइदा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले यो अफर किन ल्याएका हौ भने यसमा आकर्षक ब्याजदर त छँदैछ । अझ थप बैंकले ब्याजदरबाहेक अन्य विभिन्न फाइदाहरु पनि दिने गरेको छ । विदेशमा नेपालीले श्रम गरेर कमाएको रकम रेमिटेन्सको रुपमा भित्रिदा राज्यलाई पनि फाइदा हुन्छ ।’ नेपाल राष्ट्र बैंकले अन्य बचतको तुलनामा रेमिट्यान्स बचतमा अतिरिक्त १ प्रतिशत ब्याजदर दिन बैंकहरुलाई निर्देशन दिएको छ । अझ राज्यले पनि रेमिट्यान्स भित्र्याउनका लागि विभिन्न योजनाहरु बनाइ रहेको छ । यस्तो अवस्थामा बैंकले ल्याएको योजनाले धेरै नै फाइदा पुग्ने छ । एन आइ सी एशियाको रेमिट्यान्स बचतमा बैंकहरुका धेरै आकर्षक स्किमहरु छन् । तसले तपाईहरुका लागि थप फाइदाजनक हुनेछ ।

एन आइ सी एशिया बैंकले अन्य सर्वश्रेष्ठ बचत खाता योजनाहरु जस्तैः रेमिटेन्सलाई पनि ३ भेरियण्ट बनाएको छ । सर्वश्रेष्ठ रेमिटेन्स खाता अन्तर्गतको एन आइ सी एशिया गुडविल एम्बेसडर श्रेणीमा खाता खोल्न २० हजार रुपैयाँ, द प्राइड अफ एन आइ सी एशियामा १० हजार रुपैयाँ र द पार्टनर अफ एनआइसी एशियामा खाता खोल्दा न्यूनतम मौज्दात ५ हजार रुपैयाँ न्यूनतम मौज्दात भए पुग्छ । यो खातामा प्राप्त हुने ब्याजदर भने बैंकले हरेक महिना प्रकाशित गर्ने छ । हाल तीनवटै श्रेणीको लागि वार्षिक ९.०३ प्रतिशत रहेको छ । सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता खोल्नेहरुका लागि बैंकले आकर्षक बीमा फाइदाहरु उपलब्ध हुने छ । बैंकका अनुसार औषधी उपचार बीमा, घातक रोग बीमा र दुर्घटना बीमा गरी तीन किसिमका फाइदाहरु प्रदान हुनेछन् । दुर्घटना बीमा र घातक रोग बीमातर्फ अन्तर्गत गुडविल एम्बेसडर श्रेणीका लागि ४० लाख रुपैयाँ, द प्राइड अफ एन आई सी एशियाका लागि २० लाख रुपैयाँ र द पार्टनर अफ एन आइसी एशियाका लागि १० लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध हुने बैंकले जनाएको छ ।

औषधी उपचार बीमातर्फ भने गुडविल एम्बेसडर श्रेणीका लागि ओपीडीका लागि ८० हजार र अस्पताल भर्नाका लागि ३ लाख २० हजार रुपैयाँ गरी ४ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ । त्यस्तै द प्राइड अफ एनआइसी एशियाका लागि ओपिडी ४० हजार र अस्पताल भर्ना १ लाख ६० हजार गरी २ लाख रुपैयाँसम्म र द पार्टनर अफ एनआइसी एशियाका लागि ओपिडी २० हजार र अस्पताल भर्ना ८० हजार गरी १ लाख रुपैयाँसम्म बीमा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । गुडविल एम्बेसडर श्रेणीमा रेमिटेन्स खाता खोल्नेले खातावालासँगै आफूले रोजेको अन्य तीन जनासम्मका लागि यस्तो फाइदा पाउनेछन् । द प्राइड अफ एनआइसी एशियामा पनि खातावाला र खातावालाले तोकेको अर्को एक जानले समेत यस्तो फाइदा पाउनेछन् ।
यो बीमा फाइदा ५ वर्षका लागि हुने छ । तर, नियमनकारी निकाय बीमा समितिको नीति निर्देशन बमोजिम परिवर्तन वा रद्द हुन सक्नेछ । पछिल्लो समय शेयर बजारमा निकै राम्रो आकर्षण छ । अझ सरकारले विदेशमा रहेका नेपालीलाई कम्पनीको साधारण शेयर(आईपीओ) भर्दा कोटा व्यवस्था समेत ल्याउने योजना बनाइरहेको छ । अहिले नेपालमा ५० लाखभन्दा धेरै डिम्याट प्रयोगकर्ता छन् । सेयर बजारमा बढ्दो आकर्षणलाई ध्यान दिदै एन आइ सी एशिया बैंकले रेमिटेन्स बचत खाता खोल्नेहरुका लागि विशेष फाइदाको अफर गरेको छ । सर्बश्रेष्ठ रेमिटेन्स खाताका सबै भेरियण्टहरुमा खाता खोल्नेहरुका लागि एन आई सी एशियाले डिम्याट खाता ५ वर्षका लागि निःशुल्क उपलब्ध गराउनेछ । जसको कारण तपाईले वार्षिकरुपमा रकम तिरेर डिम्याट खाता नवीकरण गर्नुपर्ने तनाव हट्नेछ ।

यतिमात्रै होइन तीनै भेरियण्टका लागि मेरो सेयर शुल्कमा ५ वर्षसम्मै शतप्रतिशत छुट र पोर्टफोलियो म्यानेजमेन्टमा ५ वर्षका लागि ५० प्रतिशतसम्म छुट दिने बैंकले जनाएको छ । रेमिट्यान्स खाता खोल्नेहरुका लागि पूर्वस्वीकृति कर्जामा समेत बैंकले निकै आकर्षक फाइदा दिनेछ । अन्य डिजिटल कारोबारहरुमा लाग्ने शुल्कमा पनि बैंकले धेरै निःशुल्क फाइदा दिनेछ । डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग ५ वर्षसम्मका लागि शतप्रतिशत निःशुल्क सेवा दिनेछ भने क्रेडिट कार्डको वार्षिक शुल्क, कनेक्ट आर्यपीएस–आईपीएस, आरटीजीएस, एटीएम कारोबार लगायतमा समेत ५ वर्ष निःशुल्क फाइदा दिने बैंकले जनाएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । जसका कारण तपाईले जहाँ बसेर पनि यो सेवा लिन सक्नुहुनेछ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार