• होमपेज
  • बीमा
  • मेटलाइफले सुरु गर्यो डिजिटल रेक्रुटमेन्ट सोलुसन

मेटलाइफले सुरु गर्यो डिजिटल रेक्रुटमेन्ट सोलुसन

  • सोमवार, जेष्ठ ९, २०७९
मेटलाइफले सुरु गर्यो डिजिटल रेक्रुटमेन्ट सोलुसन

मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरेको छ । बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गरेका थिए ।

मार्समा इच्छुक बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली,आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरु लिन र इजाजतपत्रहरुकालागि पनि अनलाइन नै आवेदन दिन सक्नेछन् ।

यसका अतिरिक्त उम्मेद्वारहरुले मार्समा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरुको प्रोफाइल आफैं विश्लेषण गरि आफूलाई मन परेको प्रबन्धक छनोट गर्न सक्नेछन् । जसले गर्दा उनीहरुलाई आफूले इच्छाएको प्रबन्धकहरुसँग काम गर्न र सो प्रबन्धकको निर्देशनमा आफूले अभिकर्ताको रुपमा व्यापक यात्रा अनुभवको अवसर पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, “यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरुबाट कम्पनीलाई नयाँ अभिकताहरु भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरुमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरु पु¥याउन मद्दत गर्नेछ ।” साथै उनले यस डिजिटल पोर्टलले कम्पनीका सबै सरोकारवालाहरुलाई मेटलाइफसँग काम गर्न अझ सजिलो र सुविधाजनक बनाउन नयाँ डिजिटल प्लेटफर्महरू प्रस्तुत गर्ने आफ्नो प्रतिवद्घतालाई मजबुत बनाएको छ।

मार्स मेटलाइफ नेपालको डिजिटल बिक्रिमा पहिले देखि नै प्रयोगमा रहेका किप इन् टच एभर, डिस्ट्रिब्युसन एडभान्टेज प्लेटफर्म तथा लिड्स म्यानेजमेन्ट सिस्टमहरुमा थपिएको हो । यस कागजविहीन सोलुसनले कम्पनीलाई बीमा वितरण प्रतिनिधिहरुको अझ छिटो तथा कुशल भर्ना गराउन सक्षम गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)