• होमपेज
  • बीमा
  • प्राइम, युनियन र गुराँस लाइफ कम्पनी मर्जरमा जाने, सम्झौता सम्पन्न

प्राइम, युनियन र गुराँस लाइफ कम्पनी मर्जरमा जाने, सम्झौता सम्पन्न

  • शुक्रबार, बैशाख ३०, २०७९
प्राइम, युनियन र गुराँस लाइफ कम्पनी मर्जरमा जाने, सम्झौता सम्पन्न

तीन जीवन बीमा कम्पनीहरु मर्जरमा जाने भएका छन् । बिहिबार  यूनियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड  र प्राइम लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबिच मर्जरमा जान सम्झौता भएको हो ।

प्राइम लाइफ इन्स्यारेन्सका सञ्चालक समितिका एक सदस्यले प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने सहमति भएको बताए । उनले आर्थिक न्युजसंग भने, ‘बुधबार बसेको सञ्चालक समितिको बैठकले प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जरमा जाने निर्णय गरेको छ । यी तीन कम्पनीहरु एक आपसमा गाभिने सहमती भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।’

यी कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नु जनाईएको छ । त्यस्तै, तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गरिने भएको छ ।

मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भुमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बिमितको हित संरक्षण गर्ने जनाएका छन् ।

कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नुको साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने योजना सहित मर्जको लागि हस्ताक्षर भएको छ ।

मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भुमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बिमितको हित संरक्षण गर्ने उदेश्य तीनै कम्पनीले लिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि