• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकद्वारा कर्मचारीका परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण

नबिल बैंकद्वारा कर्मचारीका परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण

  • मङ्लबार, बैशाख २७, २०७९
नबिल बैंकद्वारा कर्मचारीका परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण

नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति”सुरु गरेको छ । स्व। पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा योगदान गर्दै आएका थिए । स्व।पौड्याल कर्मचारीहरुको हित र बिकासका निम्ती लागि पर्दथे ।

यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षाबोर्डको ं२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको हो ।

मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको रकम ५० हजार रुपैया प्रत्यक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने कुरा बैंकबाट प्रेषित वक्तब्यमा लेखिएको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि निम्न कर्मचारीहरुको सन्तानहरुलाई माथि उल्लेखित आधारमा छात्रवृत्ति प्रदान गरेको छ । कर्मचारी उदय राज खनालकी छोरी उनिका खनाल, कर्मचारी सन्देश राज भट्टराईका छोरँ दिपसन भट्टराई र कर्मचारी मुरारी प्रसाद अर्यालका छोरँ मुकुल अर्याल रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि