• होमपेज
  • बीमा
  • डोटीमा रिलायन्स लाइफले गर्यो बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम

डोटीमा रिलायन्स लाइफले गर्यो बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम

  • बिहिबार, बैशाख २२, २०७९
डोटीमा रिलायन्स लाइफले गर्यो बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डोटीमा उक्त कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो । बीमा समितिको ‘बीमा सम्बन्धी जनचेतनामुल कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई जिल्ला विभाजन गरेको थियो । सोही अनुरुपम कम्पनीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

डडेल्धुराका शाखा प्रबन्धक लक्ष्मण दत्त पाण्डेयका अनुसार उक्त कार्यक्रममा स्थानीय सर्वसाधारण विशेष गरि युवाहरुको उत्सुक्तापुर्ण सहभागिता रहेको थियो । यस कार्यक्रमले सर्वसाधारणमा बीमाको महत्व बढाउने र बजारमा बीमा सम्बन्धी रहेको नकारात्मक भ्रमहरु हटाउन मद्दत गर्ने पनि उनले व्यक्त गरे ।

बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले चालु आर्थिक वर्षभित्र बीमाको दायरा ३३ प्रतिशत भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ ।सो अनुसार समितिले जीवन बीमा कम्पनीहरुलाई स्थानीय निकायमा बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गर्न दिएको निदेर्शन बमोजिम रिलायन्स लाइफ इन्स्योरेन्सले डोटीमा उक्त कार्यक्रम संचालन गरेको जनाएको छ ।

कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम, पुनर्जागरण कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । कम्पनीले पूर्वी रुकुममा पनि उक्त कार्यक्रम गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि