• होमपेज
  • बीमा
  • आइएमई लाइफको चौथो साधारणसभाले पारित गर्‍यो आईपीओ जारी गर्ने प्रस्ताव

आइएमई लाइफको चौथो साधारणसभाले पारित गर्‍यो आईपीओ जारी गर्ने प्रस्ताव

  • बुधबार, बैशाख १४, २०७९
आइएमई लाइफको चौथो साधारणसभाले पारित गर्‍यो आईपीओ जारी गर्ने प्रस्ताव

आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई सेयर जारी गर्ने (आइपीओ) प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरेको छ।

कम्पनीको चौथो वार्षिक साधारणसभाले अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण काम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पनि साधारणसभाले पारित गरेको जनाएको छ।

कम्पनीका अध्यक्ष डा. रामहरी अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतना, दक्ष जनशक्ति र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिएर अघि बढिरहेका बताएका छन्।

बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून आयस्रोत भएका व्यक्तिहरुमा समेत पुर्‍याउन कटिबद्ध रहेको उनले बताए।

साधारणसभाले आइपीओ प्रस्ताव पारित गरेसँगै अब कम्पनीले यसका लागि प्रक्रिया अघि बढाउनेछ। यद्यपि, सेयर कहिलेसम्ममा जारी गर्ने योजना छ भन्ने चाहिँ कम्पनीले खुलाएको छैन।

 

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा