• होमपेज
  • वाणिज्य बैंक
  • कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने

कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने

  • सोमवार, चैत्र २८, २०७८
कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने

कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली मिडिया जगतका चर्चित तथा लोकप्रिय पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ । २०७८ साल चैत्र २८ गते काठमाडौं स्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको थियो ।

बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिक वापत पउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पुर्याउने महान कार्यको लागि छुट्टउने घोषणा गरे ।

यसैगरी बैंकले नेपालको गीतसंगीत क्षेत्रका प्रख्यात पप गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ । सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

साथै बैंकले “हामी सक्षम छौँ” भन्ने उद्घोसकासाथ बि.सं. २०७९ का लागि आफ्नो आधिकारिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष  सुदिप आचार्य तथा बैंकका अन्य सञ्चालकज्यूहरुले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका थिए।

बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने सञ्चालक भिम प्रसाद तुलाचनले उपस्थित महानुभावहरुलाई बैंकको तर्फबाट स्वागत गरेका थिए । कार्यक्रममा सम्पूर्ण सञ्चालकज्यूहरु, कामु नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायत सञ्चारकर्मी तथा अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

यस अवसरमा बैंकका अध्यक्ष सुदिप आचार्यले मिडिया क्षेत्रका चर्चित व्यक्तित्व रवि लामिछानेलाई बैंकको ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा गर्व महसुस गरेको तथा यसले बैंकको व्यावसाय तथा साख वृद्धिमा कोषेढुंगा सावित हुने विश्वास समेत व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि