• होमपेज
  • विकास बैंक
  • मिलन समाज तथा रक्तदान कार्यक्रममा लुम्बिनी विकास बैंकको सहयोग

मिलन समाज तथा रक्तदान कार्यक्रममा लुम्बिनी विकास बैंकको सहयोग

  • सोमवार, चैत्र २१, २०७८
मिलन समाज तथा रक्तदान कार्यक्रममा लुम्बिनी विकास बैंकको सहयोग

लुम्बिनी विकास बैंक लि.ले आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मिलन समाज, टोखा –०८, मिलनटोल, काठमाडौंमा अवस्थित संस्थालाई मिलन टोल क्षेत्रको सुरक्षाको लागी सहयोग स्वरुप सि.सि टिभि सर्भिलेन्स् सिस्टम हस्तान्तरण गरेको छ ।

बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेक बहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् । निरोज खागीले मिलन टोल क्षेत्रमा सि.सि. टिभि सर्भिलेन्स् सिस्टम जडानको लागी सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताएका छन् ।

उक्त कार्यक्रममा बैंकका टोखा शाखाका शाखा प्रवन्धक निरोज खागीर मिलन समाजको तर्फबाट प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखानगरपालिका वडा नं. ०८ का वडा अध्यक्ष केशवबहादुर खत्री, मिलन समाजका अध्यक्ष टेक बहादुर थापा, उपाध्यक्ष सिता कुमारी भट्टराई वोस्थीलगायत मिलन समाजका सदस्यहरुसहित करिब ७० जनाको उपस्थिति रहेको थियो । मिलन समाज संस्थामा हाल करिब ३०० सदस्य रहेका छन् ।

साथै लुम्बिनी विकास बैंक लि. ले ललितपुर, लामाटार स्थित सिद्घि विनायक कृषि बहुउद्देश्यीय सहकारी संस्थालि. ले ६५ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकले रक्तदान जस्तो अमुल्य काम गर्ने दाताहरुलाई “रक्तदान जीवनदान” अकिंत टि–सर्ट प्रदान गरेको छ ।

बैंकले गरेको उक्त कार्यले रक्तदाताहरुलाई थप हौसला पुर्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा